नेप्से १०.२९ अंकले घट्यो, कारोबार ५ अर्ब नाघ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से १०.२९ अंकले घट्यो, कारोबार ५ अर्ब नाघ्यो



काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० आइतबार १०.२९ अंकले घट्दै २६१०.६३ बिन्दुमा कायम भएको छ। आज नेप्सेमा सूचीकृत ३२३ कम्पनीको १ करोड २ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा कुल ५ अर्ब १ करोड ७५ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो।

आज कारोबार भएका उपसूचकहरूमध्ये १० वटा उपसूचक राताम्य भएका छन्।जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.१४ प्रतिशत, विकास बैंक समूहको ०.८० प्रतिशत, हाइड्रोपावर समूहको ०.४९ प्रतिशत र इन्भेष्टमेन्ट समूहको सूचक ०.३२ प्रतिशतले घटेको छ।

कारोबार दिनमा ७९ कम्पनीको शेयर मूल्यमा वृद्धि देखिएको छ भने १७१ कम्पनीको शेयर मूल्य घटेको छ। बाँकी ९ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज समग्र बजार ओरालो लागे पनि केही कम्पनीका शेयर मूल्यमा हरियाली देखिएको छ। आइतबार विन नेपाल लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रोटेकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

यसका साथै सान्भि इनर्जीको शेयर मूल्य ९.१६ प्रतिशत, सागर डिस्टिलरी लिमिटेडको ७.८३ प्रतिशत तथा युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको शेयर मूल्य ७.७० प्रतिशतले बढेको छ।

प्रकाशित : 4 January, 2026 3:18 pm