नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच उपचार शुल्कमा छुट दिने सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच उपचार शुल्कमा छुट दिने सम्झौता



काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौँको चावहिलमा रहेको मेडिकेयर हस्पिटल लिमिटेडबीच उपचार सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

पौष १८ गते सम्पन्न सम्झौतामा नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटल लिमिटेडको तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवारका सदस्य, बैंकमा पेन्सन खाता रहेका ग्राहक, नेपाल बैंकका क्रेडिट कार्ड होल्डर तथा अवकाश प्राप्त कर्मचारीहरूले मेडिकेयर हस्पिटलमा उपचार गराउँदा अस्पतालका विभिन्न सेवामा लाग्ने बिल रकममा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

यस सम्झौताबाट नेपाल बैंकमा कार्यरत कर्मचारीहरू, अवकाशप्राप्त कर्मचारी तथा बैंकका ग्राहकहरू सहुलियतपूर्ण स्वास्थ्य सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ। बैंकले आफ्ना कर्मचारी र सेवाग्राहीहरूको सामाजिक सुरक्षा तथा स्वास्थ्य सुविधालाई प्राथमिकतामा राख्दै यस्ता सहकार्यलाई निरन्तरता दिने जनाएको छ।

प्रकाशित : 4 January, 2026 3:10 pm