नयाँ स्टक एक्स्चेन्ज खोल्न हुँदैन भन्दै नेप्से कर्मचारीले अर्थमन्त्रीलाई बुझाए ज्ञापनपत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नयाँ स्टक एक्स्चेन्ज खोल्न हुँदैन भन्दै नेप्से कर्मचारीले अर्थमन्त्रीलाई बुझाए ज्ञापनपत्र



काठमाडौँ १८ जेठ ।नेपाल स्टक एक्सचेन्जका कर्मचारीले नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएको भन्दै रोक्न दबाब सुरु गरेका छन्।

नेप्सेका कर्मचारीले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालार्इ समेत ज्ञापनपत्र बुझाइसकेका छन्।नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज खोल्न दिने सैद्धान्तिक सहमति जनाएपछि कर्मचारीले दबाब सुरु गरेका हुन्।

अर्थसचिव डा.शान्तराज सुवेदी,राजस्व सचिव राजन खनाल,गभर्नर डा.चिरञ्जिवी नेपाललार्इ भेटेर ज्ञापनपत्र बुझाइसकेका छन्।उनीहरुले नेप्से निजीकरण गरेपछि मात्रै नयाँ स्टक एक्सचेन्जलार्इ अनुमति दिन आग्रह गरेका छन्।उनीहरुले नाफामा रहेको कम्पनीलार्इ धरासायी पारेर नयाँ स्टक एक्सचेन्ज खोल्नु दिनु न्यायोचित नहुने बताएका छन्।

छिमेकी मुलुक भारत र चीनमा अर्बौको कारोबार भएपनि दुर्इवटा मात्रै स्टक एक्सचेन्ज रहेको बताउँदै नेपालमा सानो कारोबारमा अर्को कम्पनी आवश्यक नरहेको उनीहरुको भनार्इ छ।गत पुसमा नेप्से निजीकरण गर्ने निर्णय भइसकेको बताउँदै त्यसको विपरित नयाँ कम्पनीलार्इ लाइसेन्स दिन खोज्नले नियतमा शंका रहेको कर्मचारी बताउँछन्।

प्रकाशित : १८ जेष्ठ २०७४, बिहीबार ०८:५०