अग्रवाल बने एनआइसी एशिया बैंकको नयाँ अध्यक्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

अग्रवाल बने एनआइसी एशिया बैंकको नयाँ अध्यक्ष



काठमाडौं । नेपालको बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव बटुलेका अशोक कुमार अग्रवाल एनआइसी एशिया बैंकको अध्यक्ष पदमा नियुक्त भएका छन् । बैंकको पुस ९ गते बसेको बैंकको सञ्चालक समितिको ७४४ औं बैठकले सोही मितिदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष अशोक कुमार अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

बैंकको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त उनले नेपालको बैंक, वित्तीय क्षेत्र, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गर्नुका साथै सफल नेतृत्व गर्दै मुलुकको आर्थिक विकासमा विशेष योगदान पु-याएका छन् । उच्च नेतृत्वदायी क्षमता, दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालिन योजनामा विश्वास राख्ने कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरु हासिल गर्नुका साथै बैंकले सफलताको थप उचाई प्राप्त गर्नुको साथै बैंकलाई प्रतिष्ठाको नयाँ शिखरमा पु-याउने दृढ विश्वास लिएको छ ।

प्रकाशित : 26 December, 2025 12:03 pm