क्रिसमस डेको सार्वजनिक विदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

अर्थबजार स्टोरी

क्रिसमस डेको सार्वजनिक विदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने



काठमाडौँ । इसाई धर्मावलम्बीहरूको पर्व क्रिसमस डे को अवसरमा दिइने सार्वजनिक विदाका दिन पनि नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली सञ्चालन हुने भएको छ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले जारी गरेको सूचनाअनुसार १० गते बिहीबार क्रिसमस डेको सार्वजनिक विदाका दिन आरटीजीएस प्रणाली बिहान १०:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म सञ्चालन हुनेछ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था, सरकारी निकाय, व्यवसायी तथा सेवाग्राहीहरूलाई भुक्तानी तथा कारोबारमा सहजता होस् भन्ने उद्देश्यले उक्त दिन पनि प्रणाली सञ्चालन गर्न लागिएको जनाएको छ।

प्रकाशित : 24 December, 2025 12:54 pm