लुम्बिनी विकास बैंकद्वारा लाभांश नदिने निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लुम्बिनी विकास बैंकद्वारा लाभांश नदिने निर्णय



काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने भएको छ । पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले आव २०८१/८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी आगामी १८ औं वार्षिक साधारण सभामा पेश गर्नका लागि राष्ट्र बैंकसमक्ष स्वीकृतीका लागि पेश गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित : 23 December, 2025 12:06 pm