सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा भइरहेकाे छ काराेबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा भइरहेकाे छ काराेबार ?



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सुन एकैदिन तोलामा तीन हजार ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी तोलामा १३० रुपैयाँले बढेर चार हजार २३५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो।

प्रकाशित : 22 December, 2025 10:54 am