महिन्द्राको एक्सचेन्ज क्याम्प सञ्चालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महिन्द्राको एक्सचेन्ज क्याम्प सञ्चालनमा



काठमाडौं १७ जेठ।महिन्द्रा टु–व्हीलर्स लिमिटेडको आधिकारिक वितरक अग्नि मोटो इन्क प्रालिले ‘महिन्द्रा टू व्हीलर’ एक्स्चेन्ज क्याम्प सञ्चालनमा ल्याएको छ । जेठ १६ देखि १८ गतेसम्म टेकु शोरुममा हुने उक्त क्याम्पमा ग्राहकहरुलाई ‘चिन्ताहरुको एक्स्चेन्ज, निश्चिन्ततासँग’ गर्न भनि आव्हान गरिएको छ । एक्स्चेन्ज क्याम्पमा ग्राहकहरुका लागि कुनै पनि पुरानो बाइक वा स्कुटर ल्याई सबैभन्दा उत्कृष्ट मूल्यांकनका साथ नयाँ महिन्द्रा टू व्हीलर एक्स्चेन्ज गर्ने अवसर रहेको छ । साथै, एक्स्चेन्ज गरी ग्राहकहरुले “४०० प्रतिशत बोनस क्यासब्याक” नामक अफरको पनि लाभ उठाउन सक्ने कम्पनीले जानकारी दिएको छ । जस अन्तर्गत महिन्द्रा टू व्हीलर खरिदकर्ताहरुका लागि ४०० प्रतिशतसम्म क्यासब्याक बोनस पाउने अवसर पनि रहेको छ । हरेक खरिदमा पाइने स्क्रयाच कार्डमा पहिलो स्क्रयाचमा  ग्राहकहरुले रु. १ लाखसम्म पक्का जित्ने र दोश्रो स्क्रयाचमा उक्त रकमको ४०० प्रतिशतसम्म बोनस क्यास जित्ने अवसर रहेको छ । यस एक्स्चेन्ज क्याम्पले ग्राहकहरुकालागि महिन्द्रा टू व्हीलर खरिद गर्न थप उत्साह प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।

प्रकाशित : १७ जेष्ठ २०७४, बुधबार ०९:०३