एलआईसी नेपालको नगद लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

एलआईसी नेपालको नगद लाभांश घोषणा



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पारेशन (नेपाल) लिमिटेड (एलआईसी) को आज बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ।

बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण बमोजिम वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

प्रकाशित : 21 December, 2025 11:24 am