सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।

बैठकले कम्पनीका सेयरधनीहरुलाई आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांश(करसहित)प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

प्रकाशित : 19 December, 2025 10:50 am