प्राइम कमर्सियल बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

अर्थबजार स्टोरी

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तपुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार ७१६ रुपैयाँको कुल ८.४२१ प्रतिशतले हुन आउने १ अर्ब ६३ करोड ३९ लाख १ हजार ११२.८५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

जसमा ८ प्रतिशतले हुन आउने १ अर्ब ५५ करोड २२ लाख ६ हजार ५७.२९ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशतले हुन आउने ८ करोड १६ लाख ९५ हजार ५५.५६ रुपैयाँबराबरको नगद लाभांश छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित : ४ पुस २०८२, शुक्रबार ०९:५२ 19 December, 2025 9:52 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।