नेशनल लाइफकाे लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेशनल लाइफकाे लाभांश घोषणा



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ। पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो।

बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि कम्पनीका सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ । यस्तै बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.६५७८९४७४ प्रतिशत नगद लाभांशबाट समायोजन गरिने कम्पनीले जनाएको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ।

प्रकाशित : 18 December, 2025 11:08 am