प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा, कति दिने भयो बोनस र नगद ?



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४.४२१ प्रतिशत नगद लाभांश (कर सहित) र ४ प्रतिशत बोनस शेयर गरी कुल ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको हो।

यो निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

प्रकाशित : 18 December, 2025 11:05 am