शेयर बजारमा सामान्य वृद्धि, ४ अर्ब ५ करोड माथिको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजारमा सामान्य वृद्धि, ४ अर्ब ५ करोड माथिको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार सामान्य अंकले उकालो लागेको छ । आज बजार ५.७० अकंले बढेर २६२५.७० बिन्दुमा कायम भएको हो ।

आज ३३२ कम्पनीको ८५ लाख ९८ हजार ४२४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २२ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मञ्जुश्री फाइनान्सको १३ करोड ७६ लाखको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ११ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज स्वस्तिक लघुवित्त वित्तीय संस्था र एसवाई प्यानलको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । त्यसैगरी नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि मनग्य कमाएका छन् । आज सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् ।

आज १० उपसूचक हरियाली आएको छ भने ३ उपसूचक घटेको छ । आज १४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १०४ कम्पनीको घटेको छ ।

प्रकाशित : 17 December, 2025 3:13 pm