बैंकिङ प्रणालीबाट २० अर्ब तरलता खिच्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकिङ प्रणालीबाट २० अर्ब तरलता खिच्दै राष्ट्र बैंक



काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार पनि २० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। केन्द्रीय बैंकले दिउँसो २ बजे बोलकबोल प्रक्रियामार्फत उक्त रकम बैंक तथा वित्तीय संस्थाबाट संकलन गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँको गुणफलमा बोलकबोल गर्न सक्नेछन्। यसरी संकलित निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी २७ फागुनमा गरिनेछ।

निक्षेप संकलन उपकरणमार्फत हुने बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित : 17 December, 2025 11:45 am