सानिमा रिलायन्स लाइफको नगद लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

सानिमा रिलायन्स लाइफको नगद लाभांश घोषणा



काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको १०.१७८० प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ। प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपछि वितरण गरिनेछ ।

प्रकाशित : 16 December, 2025 10:46 am