काठमाडौं। मन्दाकिनी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षका लागि सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीले लाभांश प्रस्ताव नगरी १२औँ वार्षिक साधारण सभा पुस २९ गते काठमाडौंकाे धुम्बाराहीमा रहेको सूर्य क्याटरिङ एण्ड पार्टी प्यालेसमा दिउँसो साढे १ बजे आयोजना गर्ने तय गरेको हो।
सभामा नियामक निकायबाट हकप्रद सेयर स्वीकृत भएअनुसार गरिएको सेयरपूँजीको समायोजनलाई अनुमोदन गर्ने, चुक्तापूँजी र फ्रि रिजर्भभन्दा बढी हुनेगरी बैंकसँग कर्जा लिन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र गत आवमा सेयरको रुपमा विभिन्न कम्पनीमा भएको लगानीलाई अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
सभामा कम्पनीले सर्वेक्षण अनुमतिपत्र लिएको तापखोला जलविद्युत आयोजनालाई अघि बढाउन आवश्यक पर्ने सहायक कम्पनी दर्ता गरी परियोजना विकास तथा निर्माणसम्बन्धी कार्य अगाडि बढाउने र उपरोक्त प्रस्ताव अघि बढाउन नियामक निकायहरुबाट कुनै पनि किसिमको संशोधन, फेरबदल एवं थपघट लगायतका निर्देशनहरु प्राप्त भएमा सोही बमोजिम संशोधन, फेरबदल एवं थपघट गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तको वासलात, तथा आव २०८१/८२ को नाफा–नोक्सान हिसाब, सेयर पूँजीमा भएको परिवर्तन, नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अन्य अनुसूचिहरु उपर छलफल गरि पारित गर्ने र आव २०८२/८३ को लेखापरिक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १९ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।





Comment