वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सालपा विकास बैंकको आईपीओ जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सालपा विकास बैंकको आईपीओ जारी



काठमाडौँ । सालपा विकास बैंकले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आईपीओ निष्कासन प्रक्रिया सुरु गरेको छ । बैंकले सर्वसाधारणका लागि छुट्याइएको कुल शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता शेयर विदेशमा रहेका नेपालीका लागि जारी गरेको हो ।

बैंकलाई नेपाल धितोपत्र बोर्डले मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ लाख २३ हजार ८८० कित्ता, कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको थियो । जारी हुने शेयर मध्ये ५ प्रतिशत अर्थात ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि, ०.५० प्रतिशत अर्थात २६ हजार ११९ कित्ता कर्मचारीका लागि र १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ ।

विदेशमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदन प्रक्रिया आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका शाखा तथा मेरो शेयर प्लेटफर्ममार्फत पनि सम्पन्न गर्न सकिने बैंकले जनाएको छ ।

बैंकको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले वहन गरेको छ ।
पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासनपछि बैंकले दोस्रो चरणमा आम सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता शेयर जारी गर्ने तयारी गरेको छ ।

प्रकाशित : 11 December, 2025 3:33 pm