काठमाडौं। डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २५ गते बिहान बसेको सञ्चालक समितिको ३८५ औं बैठकले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।
प्रस्तावित लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश रहेको छ ।
हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ रहेको छ । जसअनुसार कम्पनीले १८ करोड ६८ लाख रुपैयाँको बोनस सेयर र ९ करोड ३४ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी २ अर्ब माथि पुग्नेछ। प्रस्तावित लाभांश नियाम नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।





Comment