नेपाल लाइफको लाभांश घोषणा, कति दिने भयो बोनस ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

नेपाल लाइफको लाभांश घोषणा, कति दिने भयो बोनस ?



काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर २४ गते बुधबार साँझ बसेको सञ्चालक समितिको ४०४ औं बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत (कर प्रयोजनसहित) नगद लाभांश रहेको छ । कम्पनीको हालको चुक्तापूँजी ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ रहेको छ। जसमा कम्पनीले सेयरधनीलाई १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो ।

नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश कार्यान्वयनमा आउनेछ।

प्रकाशित : 11 December, 2025 12:44 pm