सिटिजन लाइफकाे नगद लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

बीमा

सिटिजन लाइफकाे नगद लाभांश घोषणा



काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ। मंसिर २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित : 10 December, 2025 1:58 pm