महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित



काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक ‘बैकिङ्ग नवप्रवर्तन तथा ग्राहक सन्तुष्टीमा उत्कृष्ट’ विधा अन्तर्गत अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।

डिसेम्बर ७ मा भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमका बीच ‘इन्डिया बिजनेश अवार्ड २०२५’ कार्यक्रम मार्फत महालक्ष्मी विकास बैंकलाई उक्त अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो । महालक्ष्मी विकास बैंकका वरिष्ठ अधिकृतहरुले उक्त सम्मान ग्रहण गरेका छन् ।

ब्रान्ड प्रतिष्ठा सुधार गर्न, ग्राहक विश्वास अभिवृद्धि गर्न, बैकिङ्ग सेवामा नवप्रवर्तनका कार्यहरु गर्न, उत्कृष्ट नेतृत्व तथा वृत्ति विकासमा सुधार गर्न तथा बैंकको मिडिआ उपस्थिति र संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले गरेको उत्कृष्ट कार्य बापत उक्त अवार्ड बैंकले प्राप्त गर्न सफल भएको हो ।

यो अवार्ड मिल्नुले नेपाल र भारतबीचको बैंकिङ्ग सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा–पार व्यापार र रेमिटेन्स अभिवृद्धि गर्न सहयोग पुग्ने र नेपाल र भारत बीच सीमा पार भुक्तानीमा आवद्ध भएसँगै यस अवार्डको प्राप्ती बैंकको लागि थप महत्वपुर्ण सावित हुने विश्वास बैंकले लिएको छ ।

हालै मात्र बैंक इन्डियन चेम्बर अफ कमर्स, भारतको प्रतिष्ठित अवार्डबाट समेत सम्मानित भएको थियो जसले अन्तर्राष्ट्रिय स्तरमा बैंकको उपस्थिति दर्शाउन तथा ख्याती अभिवृद्धि गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेको थियो ।

प्रकाशित : 8 December, 2025 12:06 pm