काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १४ गते तेस्रो वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ।
साधारणसभा मोरङको विराटनगरस्थित होटल एअरपोर्टमा बिहान ११ बजेदेखि शुरू हुनेछ। साथै साधारणसभा प्रयोजनार्थ मंसिर २९ गते एक दिनका लागि बुक क्लोज गर्ने पनि बैठकले निर्णय गरेको छ। बुक क्लोजका आधारमा मंसिर २५ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन सक्नेछन्।
सभामा पेश गरिने छलफलका लागि प्रस्तावका विषयहरू भोलि मंसिर २२ गते सार्वजनिक गरिने कम्पनी सचिव ज्योति प्रकाश पाण्डेले जानकारी दिएका छन्।


Comment