नेपाली बैंकिङ क्षेत्रका अग्रज बैंकर नारायणदास मानन्धरको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाली बैंकिङ क्षेत्रका अग्रज बैंकर नारायणदास मानन्धरको निधन



काठमाडौं । नेपाली बैंकिङ क्षेत्रका अग्रज बैंकर नारायणदास मानन्धरको ८२ वर्षको उमेरमा निधन भएको छ । मानन्धरको मृत्यु आज बिहान १० बजे भएको हो ।

मानन्धरका परिवारमा एक पत्नी, एक छोरा र तीन छोरी छन् । परिवार स्रोतका अनुसार उनको अन्त्येष्टी आजै काठमाडौंको शोभाभगवतीमा गरिँदैछ ।

प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत मानन्धर नेपालका प्रमुख बैंकरमध्ये एक थिए । उनले बैंकिङ क्षेत्रमा सशक्त नेतृत्व देखाउँदै प्राइम बैंक स्थापना गरेका थिए ।

मानन्धरले कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बंगलादेश बैंकमा पनि उच्च पदमा कार्य गरेका थिए । उनले संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनसँग परामर्शदाता रूपमा काम गरेका थिए । उनको इमानदारी, कर्तव्यनिष्ठता र दूरदृष्टिको कारणले उनी एक सम्मानित बैंकरका रूपमा चिनिन्थे ।

प्रकाशित : 7 December, 2025 5:13 pm