सिटिजन लाइफकाे सीईओमा पुनः पोषकराज पौडेल नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१३ मंसिर २०८३, आइतबारSunday, November 29, 2026

अर्थबजार स्टोरी

सिटिजन लाइफकाे सीईओमा पुनः पोषकराज पौडेल नियुक्त

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः पोषकराज पौडेल नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको मंसिर १९ गते शुक्रबार बसेको बैठकले पौडेललाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

उनको ४ वर्षे अर्को एक कार्यकालको यो नियुक्ति आउँदो पुस ३० गतेबाट लागू हुनेछ। पौडेल बीमा क्षेत्रमा बौद्धिक तथा स्वच्छ छवि बनाएका व्यक्तित्व हुन्। उनले सिटिजन लाइफलाई ८ वर्षमा अब्बल संस्था बनाउन अहम् भूमिका निर्वाह गरेका छन्।

पौडेलको हालको दोस्रो कार्यकाल अवधि यही पुस मसान्तबाट सकिँदैछ। उनी सिटिजन लाइफको सीईओमा २०७४ माघमा नियुक्त भएका थिए। सीईओ पौडेलसँग बैंक, बीमा तथा वित्तीय क्षेत्रमा ३ दशकभन्दा लामो समय बिताइसकेका छन्। सिटिजनमा आउनुअघि उनी अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफमा वित्त प्रमुखका रुपमा कार्यरत थिए।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए तथा एसीएस र एफएलएमआई (यूएसए)को अध्ययन पूरा गरेका पौडेलले स्वदेश र विदेशमा नेतृत्व विकास तथा व्यवस्थापन विषयमा तालिमसमेत लिएका छन्।

प्रकाशित : २१ मंसिर २०८२, आइतबार १२:०७ 7 December, 2025 12:07 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।