काठमाडौं । क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले तीन जना आर्थिक पत्रकारहरुलाई पुरस्कृत गरेको छ । आइतबार काठमाडौंमा आयोजना गरिएको नाफिजको १६ औं वार्षिक साधारण सभामा फरक फरक विधामा सम्मान गरेको हो ।
एक लाख राशीको ‘शारदा–ढुन्डीराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०८२’बाट रविन पौडेलले पाएका छन् । पौडेल क्लिकमाण्डूमा कार्यरत छन् ।
५० हजार रुपैयाँ राशीको ‘सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार २०८२’ कमला भण्डारीले पाएकी छिन् । उनी क्यापटिल नेपालमा कार्यरत छिन् ।
अर्को ५० हजार रुपैयाँ राशीकै ‘सिबिफिन–नाफिज आर्थिक पत्रकारिता पुरस्कार २०८२’बाट अम्बिका शर्माले पाएकी छिन् । उनी टक्सार म्यागेजिनमा कार्यरत छिन् ।
पुरस्कृत हुनेहरुलाई अर्थमन्त्री रामेश्वर खनालले पुरस्कार वितरण गरेका हुन् ।
यसका साथै नाफिज फेलोसिप नयाँ पत्रिका दैनिकका यम बमले प्राप्त गरेका छन् ।





Comment