काठमाडौं । बुढीगण्डकी जलविद्युत परियोजना प्रभावित क्षेत्र गोर्खा र धादिङका जनप्रतिनिधि तथा पूर्व प्रतिनिधिहरुले प्रधानमन्त्री शुसीला कार्कीसँग भेट गरेका छन् ।
बुधबार प्रधानमन्त्री कार्यालयमा भएको भेटमा आफूहरुले परियोजना छिटो भन्दा छिटो सुरु गर्न माग राखेको नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का अध्यक्ष बाबुराम भटट्राईले जानकारी दिए ।
त्यस्तै, उनले अर्थमन्त्री रामेश्वर खनालसँग पनि आफूहरुले भेट गरेको जानकारी दिए । उनले भने, ‘बुढीगण्डकी जलविद्युत परियोजना अलपत्र परेको छ जसले गर्दा गोर्खा र धादिङका प्रभावित क्षेत्रका जनता असाध्यै उद्देलित भएका छन् । त्यसैले त्यहि क्षेत्रका पूर्व जनप्रतिनिधिहरु भएको नाताले दुई वटा क्षेत्रकै जनप्रतिनिधिहरु र सरोकार समाजका प्रतिनिधिहरु सहित आज हामीले प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट गरेका छौं । हामीले हाम्रो सुझाव र मागहरु प्रस्तुत गरेका छौं । बुढीगण्डकी जलविद्युत परियोजना छिटो भन्दा छिटो सुरु गर्नुपर्यो भनेर कुरा राखेका छौं ।’





Comment