सुनको मुल्य बढ्याे, प्रतितोला कतिमा हुँदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य बढ्याे, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बजारमा सुनको मूल्य बढेको छ । बुधबारको कारोबारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ५४ हजार १ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य ३ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको मूल्य ११० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ६५५ रुपैयाँ कायम भएको छ । 

प्रकाशित : 3 December, 2025 11:04 am