काठमाडौँ। नेपाल एसबिआई बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मोरङको विराटनगर–कोचाखालस्थित विराट बहिरा माध्यमिक विद्यालयमा डिप बोरिङ जडानका लागि रु. २ लाख ५० हजार आर्थिक सहयोग प्रदान गरेको छ। यस सहयोगबाट विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई सुरक्षित र सहज ढुवानी हुने खानेपानीको व्यवस्था गर्न लक्ष्य राखिएको बैंकले जनाएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष मिना जोशी र प्रधानाध्यापक मिनु अधिकारी दाहाललाई संयुक्त रूपमा चेक हस्तान्तरण गरे।
सो अवसरमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत रोशन कोइराला, कोशी प्रदेश प्रमुख श्रीधर अधिकारी लगायत बैंक तथा विद्यालयका अन्य पदाधिकारीहरूको उपस्थिति थियो।
नेपाल एसबिआई बैंकले शिक्षाको प्रवर्द्धनका लागि यसअघि पनि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। बैंकले विगत ३२ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ र हाल १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम तथा १ कर्पोरेट कार्यालयमार्फत सेवा संचालन गरिरहेको छ।





Comment