सुनको मूल्य घट्दा चाँदी बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य घट्दा चाँदी बढ्यो



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

सोमबार २ लाख ५३ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । सोमबार ३५ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ३५ सय ४५ रुपैयाँमा कारोवार भैइरहेको छ ।

प्रकाशित : 2 December, 2025 11:51 am