काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि विभिन्न जीवन बीमा योजनामा लागू हुने नयाँ बोनसदरको घोषणा गरेको छ। बीमा प्राधिकरणले आर्थिक स्थिति मूल्यांकन तथा बीमाङ्कीय प्रतिवेदन स्वीकृत गरेपछि कम्पनीले मुनाफामा सहभागी हुने बीमतितहरूका लागि नयाँ बोनसदर निर्धारण गरेको हो।
कम्पनीले बीमतिहरुलाई न्यूनतम २२ रुपैयाँदेखि अधिकतममा ८० रुपैयाँसम्मको बोनसदर दिने निर्णय गरेको छ ।
कम्पनीले सावधिक,सीमित अवधि भुक्तानी,सावधिक तथा बाल सावधिक बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ वर्षका लागि ५२ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६७ रुपैयाँ र ३० र सोभन्दा माथिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ।
यस्तै, सामूहिक सावधिक बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ,२० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ७० रुपैयाँ र ३० र सोभन्दा माथिका लागि ७५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
कम्पनीले सावधिक तथा आजीवन बीमालेख अन्तर्गत ९ वर्षे अवधिका लागि ३२ रुपैयाँ, १० देखि १४ वर्षका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४५ रुपैयाँ,२० देखि २४ वर्षका लागि ५५ रुपैयाँ, २५ देखि २९ वर्षका लागि ६५ रुपैयाँ र ३० र सोभन्दा माथिका लागि ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
अग्रिम भुक्तानी तथा आजीवन (कल्पधन) बीमालेख अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३२ रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३८ रुपैयाँ, २० देखि २४ का लागि ५० रुपैयाँ र २५ देखि २९ का लागि ६३ रुपैयाँ बोनस प्रदान गर्ने निर्णय गरेको छ । अग्रिम भुक्तानी सावधिक बीमालेखका बीमितहरुले १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३५ रुपैयाँ, २० देखि २४ का लागि ४८ रुपैयाँ र २५ देखि २९ का लागि ६३ रुपैयाँ बोनस पाउने छन् ।
बाल अग्रिम भुक्तानी सावधिक (बाल उमङ्ग) बीमालेख अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ३७ रुपैयाँ, २० देखि २४ का लागि ५० रुपैयाँ र २५ देखि २९ का लागि ६५ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।
यसैगरी, कम्पनीले वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) अन्तर्गत १० देखि १४ वर्ष अवधिका लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षका लागि ४० रुपैयाँ, २० देखि २४ का लागि ४४ रुपैयाँ र २५ देखि २९ का लागि ६० रुपैयाँ बोनस प्रदान गर्ने निर्णय गरेको छ । कम्पनीले वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख धन सरिता अन्तर्गतका सम्पूर्ण बीमा अवधिका लागि २२ रुपैयाँ दिने भएको छ ।





Comment