नबिल बैंकलाई पहिलोपटक अविमोच्य अग्राधिकार शेयर जारी गर्ने स्वीकृति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थबजार स्टोरी

नबिल बैंकलाई पहिलोपटक अविमोच्य अग्राधिकार शेयर जारी गर्ने स्वीकृति

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपालमा नै पहिलो पटक नबिल बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्कासनका लागि अनुमति प्रदान गरिएको छ। नेपाल धितोपत्र बोर्डले बैंकलाई उक्त शेयर निष्कासन गर्ने अनुमति दिएको हो।

बोर्डले ‘८ प्रतिशत नबिल अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्न अनुमति दिएको हो। बैंकले प्रति कित्ता एक सय रुपैयाँ दरका पाँच करोड कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको छ। बैंकले उक्त शेयर निष्कासनको लागि यस अघि नै बिक्रि प्रबन्धकमा एनआईसी एसिया क्यापिटललाई नियुक्त गरिसकेको छ।

बैंकले निष्कासन गरेको उक्त शेयर आम सर्वसाधारणले खरिद गर्न पाउने छैनन्। यसैगरी धितोपत्र बोर्डबाट अनुमति पाएका संस्थाले पनि उक्त शेयरमा आवेदन दिन पाउने छैनन्। संस्थागत लगानीकर्ताले मात्रै उक्त शेयरमा आवेदन दिन पाउँछन् ।

प्रकाशित : ५ मंसिर २०८२, शुक्रबार १६:२७ 21 November, 2025 4:27 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।