काठमाडौं । सुपर मादि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने घोषणा गरेको छ। मंसिर ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६४२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
यसका साथै बैठकले पुस ४ गते, शुक्रबार, होटल इम्पेरियलमा १६ औँ वार्षिक साधारण सभा बोलाउने निर्णय पनि गरेको छ। सो सभा बिहान ११ बजेदेखि सुरु हुनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १७ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।





Comment