आज सुनचाँदीको मूल्य सामान्यरुपमा बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

आज सुनचाँदीको मूल्य सामान्यरुपमा बढ्यो



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बिहीबार सुन ७ सयले
बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार २ लाख ४२ हजार ३ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४३ हजारमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेको हो । जसका कारण आज चाँदी ३ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : 20 November, 2025 11:27 am