काठमाडौं । एनआईसी एशिया बैंकले प्रमुख सूचना अधिकारी (CIO) र प्रमुख गुनासो अधिकारी (CGO) परिवर्तन गरेको छ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जयन्द्र रावल प्रमुख सूचना अधिकारीका रूपमा तथा प्रमुख सञ्चालन अधिकृत तथा कम्पनी सचिव कमल खड्का प्रमुख गुनासो अधिकारीका रूपमा नियुक्त भएका छन्।
बैंकका अनुसार दुवै पदाधिकारीको नियुक्ति २०८२ मंसिर ३ गतेदेखि लागू हुनेछ।
सूचना तथा गुनासोका लागि छुट्टाछुट्टै सम्पर्क
बैंकले प्रमुख सूचना अधिकारी रावलमार्फत प्रदान हुने आधिकारिक जानकारी तथा सूचनाका लागि
९८५१२३१३३२
वा
०१–५९७०१०१
मा सम्पर्क गर्न सकिने जनाएको छ।
त्यस्तै, बैंकिङ सेवा–सम्बन्धी कुनै पनि गुनासोका लागि प्रमुख गुनासो अधिकारी खड्कालाई
९८०१९७७९३६
वा
०१–५९७०१०१
मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।
सेवा प्रवाहमा प्रभावकारीता बढ्ने अपेक्षा
बैंकका अनुसार नयाँ पदाधिकारीहरूको नियुक्तिले ग्राहक सेवा प्रवाहलाई अझ प्रभावकारी, सहज र छरितो बनाउने अपेक्षा गरिएको छ।





Comment