वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्- ‘परामर्श सेवामा सुधार गर्नुहोस’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले भनिन्- ‘परामर्श सेवामा सुधार गर्नुहोस’



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले वीर अस्पतालको निरीक्षण गरेकी छिन् । सोमबार काठमाडौंको वीर अस्पतालको निरीक्षण गर्दै मन्त्री गौतमले परामर्श सेवामा बिरामीहरुलाई कुरा बुझाइदिने विषयमा कमजोर भएको भन्दै सुधार गर्न निर्देशन दिइन् ।

उनले भनिन्,‘हाम्रो परामर्श सेवामा बिरामीलाई कुरा बुझाइदिने विषयमा कमजोर रहेछौं । त्यसलाई हामीले सुधार गर्नैपर्छ । बिरामीले भनेको छ, एउटा हामीले बुझेका छौं अर्को । त्यसमा सुधार्नै पर्छ । उपचार राम्रो हुँदै गएको छ, तर बिरामीलाई बुझाउने पक्ष अझै सुधार गर्न आवश्यक छ ।’

त्यस्तै उनले निजी अस्पतालमा भन्दा राम्रो स्वास्थ्य सेवा वीर अस्पतालमा भइरहेको भन्दै उनले सर्वसाधारणलाई सरकारी अस्पतालको उपचार सेवा ढुक्क भएर लिन आग्रह गरिन् ।

वीर अस्पतालको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । मन्त्री गौतमले वीर अस्पतालको पुरानो तथा नयाँ भवनबाट प्रभाव भइरहेको सेवाका बारेमा जानकारी लिँदै केही बिरामीका गुनासा पनि सुनेकी थिइन् । उनले बिरामीहरुबाट चिकित्कहरुले रुखो व्यवहार गर्ने गरेको गुनासो गरेको सुनाइन् ।

प्रकाशित : 17 November, 2025 2:48 pm