काठमाडौं। नेपाल रिपब्लिक मिडिया लिमिटेड घाटामा गएको छ। कम्पनीले चालु आवको पहिलो त्रैमाससम्ममा १ करोड ५५ लाख घाटा व्यहोरेको हो।
अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी २४ लाख ६१ हजार घाटामा रहेको थियो । यो अवधिमा कम्पनीले १ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको छ। यो रकम अघिल्लो आवको तुलनामा ४६.१६ प्रतिशतले कम हो। अघिल्लो आवमा कम्पनीले २ करोड ७ लाख रुपैयाँ आर्जन गरेको थियो। यस्तै कम्पनीले १ लाख ८८ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ।
कम्पनीको प्रशासनिक खर्च १ करोड २८ लाख, र बिक्री तथा वितरण खर्च ४९ लाख ८२ हजार रहेको छ। कम्पनीको रिटेन्ड अर्निङ ५२ करोड ७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५९ करोड ३९ लाख र कुल चालु दायित्व २६ करोड ५४ लाख रुपैयाँ छ।
कम्पनीको प्रतिसेयर आम्दानी९ईपीएस०१.६१ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ८७.२३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२५.०९ रुपैयाँ र तरलता अनुपात २।२४ प्रतिशत कायम भएको छ।





Comment