ग्यालेक्सी एस् ९ को तयारीमा सामसुङ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ पुस १ देखि प्रकाशित

Feature News

ग्यालेक्सी एस् ९ को तयारीमा सामसुङ



काठमाडौं,१४ जेठ ।दक्षिण कोरियाली कम्पनी सामसुङले अर्को वर्ष सन् २०१८ को सुरुमै सार्वजनिक गर्नेगरी नयाँ स्मार्टफोन ग्यालेक्सी एस नाइनको काम सुरु गरिसकेको छ । ग्यालेक्सी एस नाइन सँगै ठूलो स्त्रिनवाला एस नाइन प्लस पनि सामसुङले एकैसाथ ल्याउने बताइएको छ ।

यी दुबै स्मार्टफोनहरु कोड नेम स्टार र स्टान टू को नामबाट निर्माण भैरहेका बताइएको छ । सामसुङका आगामी यी स्मार्टफोनको डिस्प्ले प्रविधि विद्यमान ग्यालेक्सी स्मार्टफोनमा जस्तै रहनेछ । यसको अर्थ ग्यालेक्सी एस नाइनमा पनि फ्लेक्सिबल अर्थात् फोल्डेबल स्त्रिन हुनेछैन । तर ग्यालेक्सी एस नाइनमा नेक्स्ट जेनेरेसन एमोलेड स्त्रिन हुनेछ, जसमा इन्पिmनिटी डिस्प्ले टेक्नोलोजीको प्रयोग गरिएको हुनेछ ।

रिपोर्ट अनुसार कम्पनीले ग्यालेक्सी एस नाइन र एस नाइन प्लसका पाटपूर्जाको उत्पादन पनि तिब्र पारिरहेको छ । समय अगावै यी स्मार्टफोन लञ्च गर्ने लक्ष्यका साथ उत्पादन कार्यलाई तिब्र बनाइएको बताइएको छ । यद्यपि यसबारेमा सामसुङले आधिकारिक रुपमा केही बताएको छैन ।

स्मरण रहोस् गत अप्रिलमा सामसुङले चिपसेट निर्माता क्वालकोमसँग मिलेर नयाँ पुस्ताको प्रोसेसरको विकास गरिरहेको खबर सार्वजनिक भएको थियो । उक्त नयाँ प्रोसेसर ग्यालेक्सी एस नाइन र एस नाइन प्लसमा प्रयोग गरिने पनि बताइएको छ । उक्त प्रोसेसरलाई स्नापड्रागन ८४५ भनिएको छ । विद्यमान ग्यालेक्सी एट स्मार्टफोनमा स्नापड्रागन ८३५ प्रोसेसर प्रयोग गरिएको छ ।

रिपोर्ट अनुसार कम्पनीले छिटै नै सातौँ पुस्ताको ओएलइडी डिस्प्ले उत्पादन गर्न सुरु गर्नेछ जुन ग्यालेक्सी एस नाइनमा प्रयोग गरिनेछ । एजेन्सी

प्रकाशित : १४ जेष्ठ २०७४, आईतवार ०९:१९