इको प्यानललाई ट्रेडमार्क प्रयोग रोक्न निर्देशन, कम्पनीलाई एकल हक पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

इको प्यानललाई ट्रेडमार्क प्रयोग रोक्न निर्देशन, कम्पनीलाई एकल हक पुष्टि



काठमाडौं । यस इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा।लि।को एकाधिकारमा रहेको ‘इको प्यानल’ ट्रेडमार्कसम्बन्धी दीर्घकालीन विवादमा उद्योग विभागले कम्पनीको दाबीलाई मान्यता दिँदै महत्वपूर्ण निर्णय गरेको छ ।

कम्पनीले विपक्षी इको प्यानल नेपाल प्रा.लि. विरुद्ध दायर उजुरीका आधारमा उद्योग विभागले पहिलोपटक मिति २०७९/०४/११ तथा दोस्रोपटक मिति २०८०/०७/२० मा सो ट्रेडमार्क प्रयोग नगर्न अन्तरकालीन आदेश जारी गरेको थियो । सोही प्रकरणमा उद्योग विभागले मिति २०८२/०३/३० मा ‘इको प्यानल’ ट्रेडमार्क कम्पनीको एकल स्वामित्व र हकभोगमा रहने गरी अन्तिम निर्णय सुनाएको छ ।

अन्तरकालीन आदेशको कार्यान्वयनका लागि विभागले मिति २०८२/०६/३१ मा जिल्ला प्रशासन कार्यालय भक्तपुर, नेपाल प्रहरी साइबर ब्युरो काठमाडौं र विपक्षी इको प्यानल नेपाल प्रा।लि।लाई पत्राचार गरेको छ । यसर्थ, विभागको आदेश र निर्णयको पूर्णपालन गर्दै कम्पनीको स्वामित्वमा रहेको सो ट्रेडमार्कको नक्कल, दुरुपयोग वा कुनै पनि प्रकारको उत्पादन, प्रचार–प्रसार, बिक्री तथा वितरण गतिविधि नगर्न–नगराउन सम्बन्धित सबै पक्षलाई सार्वजनिक रूपमा सूचित गरिन्छ ।

प्रचलित कानुन विपरीत यस ट्रेडमार्कको अनधिकृत प्रयोग वा दुरुपयोग गर्ने र गराउने कुनै पनि पक्षविरुद्ध कम्पनीले अविलम्ब कानुनी कारबाही अघि बढाउने व्यहोरा समेत स्पष्ट पारिन्छ ।

प्रकाशित : 14 November, 2025 9:21 pm