महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई सिद्धार्थ हस्पिटालिटी सहितका विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई सिद्धार्थ हस्पिटालिटी सहितका विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सिद्धार्थ हस्पिटालिटी लगायतका विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छुट निम्न लिखित छन्ः

१ सिदार्थ हस्पिटालिटी तिनकुने, काठमाण्डौं लगायतका सम्पूर्ण आउटलेटहरु आवास : २० प्रतिशत

खाना तथा पेय पदार्थ : १० प्रतिशत

२ बन्दीपुर माउण्टेन रिर्सोट बन्दीपुर, तनहुँ खानातथाआवास : ७ प्रतिशत

३ स्माईल ३६० डेण्टल क्लिनिक सामाखुशी, काठमाण्डौं दन्त सेवा : २० प्रतिशत

४ बन्दीपुुर बजार घर बन्दीपुर, तनहुँ खाना तथा आवास : ७ प्रतिशत

५ लन्जेभिटि हेल्थहोम ललितपुर म.न.पा वडा न. ०३, टुटेपानी, ललितपुर अकुपंचर, पञ्चकर्म, प्याथोलोजी, डक्टर चेकअपलगायतका सेवाहरु : २० प्रतिशतसम्म

यस किसिमको सहकार्यबाट बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

प्रकाशित : 9 November, 2025 2:27 pm