राष्ट्र बैंकको प्रवक्तामा पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

राष्ट्र बैंकको प्रवक्तामा पौडेल



काठमाडौं । नेपाल राष्ट्र बैंकमा प्रवक्ताको जिम्मेवारी फेरेफेर भएको छ । हाल कार्यकारी निर्देशक गुरु प्रसाद पौडेललाई तोकिएको छ ।

पौडेललाई आजै अर्थात् कात्तिक १९ गतेदेखि लागू हुने गरि प्रवक्ता तोकिएको केन्द्रिय बैंकले जनाएको छ ।

हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा छन् । २०५९ सालमा केन्द्रिय बैंकमा प्रवेश गरेका पौडेलसँग बैंक तथा वित्तीय संस्था नियमन विभाग, भक्तानी प्रणाली विभाग, विदेशी विनिमयन व्यवस्थापन विभाग र सुपरिवेक्षण विभाग लगायतको कार्यअनभुव छ ।

प्रकाशित : 5 November, 2025 4:34 pm