काठमाडौं । अनुभवी बैंकर सुजितकुमार शाक्य एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन्। सोमबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई चार वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरेको हो।
तत्कालीन सीईओ रोशनकुमार न्यौपानेले राजीनामा दिएपछि बैंक कार्यवाहक सीईओ सन्तोषकुमार राठीको नेतृत्वमा सञ्चालन हुँदै आएको थियो। लामो समयदेखि बैंकभित्रबाटै सीईओ नियुक्त गर्नुपर्ने आवाज उठिरहेका बेला सञ्चालक समितिले ३० वर्षभन्दा बढीको बैंकिङ अनुभव सँगालेका शाक्यलाई नेतृत्वको जिम्मेवारी दिएको हो।
शाक्य हाल नवील बैंकका वरिष्ठ डेपुटी सीईओ रहेका थिए। उनले सोमबारै नवील बैंकबाट राजीनामा दिएका छन् र राजीनामा स्वीकृत भएपछि एनआईसी एशिया बैंकको कमाण्ड सम्हाल्ने तयारीमा छन्।
नवील जानुअघि शाक्य ग्लोबल आईएमई बैंक र जनता बैंकमा डेपुटी सीईओको रूपमा कार्यरत थिए। जनता र ग्लोबल बैंक मर्जपछि उनी ग्लोबल बैंकमा पुगेका थिए। त्यसअघि उनले सिभिल बैंकमा पनि काम गरेका थिए।











Comment