सरकारी कार्यालय अब ४ बजेसम्म मात्र खुल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सरकारी कार्यालय अब ४ बजेसम्म मात्र खुल्ने



काठमाडौं । देशभरका सबै सरकारी कार्यालय आजदेखि अपराह्न ४ बजेसम्म मात्र खुल्ने भएका छन्। सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म नेपाल राज्यभरका सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै खुल्नेछन्।

यो अवधिमा शुक्रबारको दिन भने ३ बजे नै कार्यालय बन्द हुने गृह मन्त्रालयले जनाएको छ। जाडो मौसममा दिनको उज्यालो छोटो हुने भएकाले हरेक वर्ष तीन महिना कार्यालय समय एक घण्टा घटाउने गरिएको छ।

प्रकाशित : 2 November, 2025 11:48 am