सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो, चाँदीकाे कतिमा हुँदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो, चाँदीकाे कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । आज आइतबारको बजारमा चाँदी प्रतितोला ३ हजार ५५ रुपैयाँमा खरिदबिक्री भईरहेको छ । गत शुक्रबारको बजारमा चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : 2 November, 2025 11:40 am