अल्टिच्युड एयरको हेलिकोप्टर लोबुचेमा दुर्घटना, पाइलट सकुशल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

अल्टिच्युड एयरको हेलिकोप्टर लोबुचेमा दुर्घटना, पाइलट सकुशल



काठमाडौं । रेस्क्युका लागि लोबुचे हिमाल पुगेको एक हेलिकोप्टर दुर्घटनामा परेको छ ।
अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

उक्त हेलिकोप्टर क्याप्टेन विवेक खड्काले उडाएका थिए ।  खड्काको अवस्था सामान्य रहेको बताइएको छ ।
“रेस्क्युको लागि गएको थियो,” कम्पनीका एक उच्च अधिकारीले भने, “मौसम खराबीका कारण दुर्घटनामा परेको अनुमान छ ।” दुर्घटना बिहान ७:५० बजेतिर भएको थियो । सोलुखुम्बुका एक प्रहरी अधिकारीले दिएको जानकारीअनुसार रेस्क्युका लागि गएको हेलिकोप्टर दुर्घटनामा परेको हो ।


“बिहान हेलिप्याडमा अवतरण गर्ने बेलामा चिप्लो भएर दुर्घटनामा परेको हो,” उनले भने,“चालकको अवस्था सकुसल छ । अर्को हेलिकोप्टरबाट उद्धार गरिएको छ ।”

प्रकाशित : 29 October, 2025 10:18 am