बैंक तथा वित्तीय संस्थालाई पहिलो त्रैमासको रिपोर्ट सार्वजनिक गर्न कात्तिक २१ गतेसम्म समय थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

अर्थबजार स्टोरी

बैंक तथा वित्तीय संस्थालाई पहिलो त्रैमासको रिपोर्ट सार्वजनिक गर्न कात्तिक २१ गतेसम्म समय थप

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको लेखा परिक्षण नभएको (अपरिस्कृत) वित्तीय विवरण प्रकाशित गर्न थप समय पाएका छन्।

त्रैमास सकिएको १५ दिनभित्र वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था रहेकोमा राष्ट्र बैंकले समय थप गरिदिएको हो।

अब बैंकहरूले कात्तिक २१ गतेसम्ममा वित्तीय विवरण प्रकाशित गरे हुने भएको छ।

त्यस्तै बैंकहरूले पाकेको ब्याजमध्ये कात्तिक १५ गतेसम्म उठेको ब्याजबाहेकको रकमबाट विभिन्न खर्च देखाएर बाँकी रकमलाई नियमनकारी कोषमा जम्मा गर्नुपर्ने भएको छ।

आयकर, कर्मचारी बोनस र कोषहरूमा जम्मा गरेको रकम कटाएर बाँकी रकमलाई सञ्चित मुनाफा कोषमा खर्च भएको देखाएर नियमनकारी कोषमा जम्मा गर्न भनिएको हो।

प्रकाशित : ३१ आश्विन २०८२, शुक्रबार १८:५० 17 October, 2025 6:50 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।