सुनको मुल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं। आजपनि सुनको मूल्य बढेको छ। बिहिबारको कारोबारमा सुनको मूल्य १२ सय रुपैयाँले बढेको हो । यो सँगै सुनको कारोबार प्रतितोला २ लाख ३९ हजार २ सय रुपैयाँमा भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिन पनि सुनको मूल्य २ हजार ६ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको। भाउ पनि बढेको छ । चाँदीको भाउले पहिलोपटक ३ हजारको आँकडा पार गरेको छ । यो दिन चाँदी ७० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार २५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : 9 October, 2025 11:23 am