सूचीकृत कम्पनीले असोज मसान्तभित्र नवीकरण शुल्क बुझाउनुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सूचीकृत कम्पनीले असोज मसान्तभित्र नवीकरण शुल्क बुझाउनुपर्ने



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नवीकरण शुल्क बुझाउन सूचीकृत कम्पनीहरुलाई आग्रह गरेको छ । नेप्सेले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८२/८३ को धितोपत्र वार्षिक नवीकरण बुझाउन आग्रह गरेको हो ।

यस्तो शुल्क असोज असोज मसान्तसम्म बुझाउनु पर्ने नेप्सेले जनाएको छ । नेप्सेमा सूचीकृत ५० करोड रुपैयाँसम्मको चुक्तापूँजी भएका कम्पनीले ५० हजार र ५० करोड रुपैयाँभन्दा माथि चुक्तापूँजी भएकाले १ लाख रुपैयाँबराबरको नवीकरण शुल्क बुझाउनु पर्ने सूचनामा उल्लेख छ ।

यस्तै, ५० करोड रुपैयाँसम्मको चुक्तापूँजी भएका डिबेञ्चर र म्युचुअल फण्डले २५ हजार रुपैयाँ र ५० करोडभन्दा माथि चुक्तापूँजी भएकाले ५० हजार रुपैयाँ नवीबरण शुल्क तिर्नु पर्ने हुन्छ ।

यस्तो रकम ग्लोबल आइएमई बैंकमा रहेको नेप्सेको खातामा जम्मा गर्न सकिनेछ । तोकिएको समयमा रकम नबुझाएमा नवीकरण शुल्कको वार्षिक १० प्रतिशतका दरले जरिवाना लाग्ने साथै धितोपत्र सूचिकरण विनियमावली २०७५,को विनियम १६ अनुसार सूचीकरण स्थगन समेत गर्न सकिने नेप्सेले जनाएको छ ।

प्रकाशित : 8 October, 2025 2:00 pm