काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियु काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ।
मंगलबार साँझ पूर्वअध्यक्ष समिक बडालसहितको अखिल टोली जिल्ला प्रहरी परिसर पुगेको हो। तोडफोड, आगजनी र प्रहरी हत्या प्रकरणमा उजुरी दिन पुगेको अखिलले जनाएको छ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा संसददेखि सिंहदरबार र प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी र प्रहरीमाथि कुटपिट भएको घटना भएको थियो।





Comment