धनुषाको महेन्द्रनगर–शान्तिपुरबाट आवागमन ठप्प, पुल जोखिममा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

धनुषाको महेन्द्रनगर–शान्तिपुरबाट आवागमन ठप्प, पुल जोखिममा



जनकपुर । धनुषाको महेन्द्रनगरदेखि शान्तिपुरको आवागमन ठप्प भएको छ ।

निरन्तर पानी परेपछि आएको बाढीले सडक कटान गरेपछि औरही खोला पुल जोखिममा परेको छ । बाढीले सडकको करिब २० मिटर भाग बगाएको छ ।

दुबैतर्फबाट हुने आवत जावत ठप्प भएको छ । स्थानीय प्रहरी प्रशासनले वैकल्पिक बाटो प्रयोग गर्न सुझाव दिएको छ ।

केही दिन अगाडि समेत छेउको माटो भासिएपछि भारी सवारी साधन अवरुद्ध भएको थियो ।

प्रकाशित : 5 October, 2025 11:38 am